Logo

राजनीति

राष्ट्रपति ट्रम्पले दिए जोर्जियाका गभर्नरलाई चुनावी परिणाम उल्ट्याउन दबाव



जोर्जियाका रिपब्लिकन गभर्नरलाई अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडनको चुनावी जितलाई उल्ट्याउन दबाव दिएका छन् ।

ट्रम्पले श्रृङ्खलाबद्ध ट्वीटमा गभर्नर ब्रायन केम्पलाई राज्य संसद्‌को विशेष सत्र बोलाउन आह्वान गरेका छन् । ट्रम्पले जोर्जियामा सिनेटको चुनावी अभियान आरम्भ हुनु केही घण्टाअघि यस्तो आह्वान गरेका हुन् ।

राष्ट्रपति ट्रम्पले अझै चुनाव हारेको स्वीकारेका छैनन् । उनले कुनै प्रमाणविनै बाइडनले धाँधली गरेर चुनाव जितेको आरोप लगाइरहेका छन् ।

 

Capture.JPG 

प्रकाशित मिति : २१ मंसिर २०७७, आईतवार १३:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।