Logo

नेपाल र चीनले भोलि सयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्दै



चिनियाँ राष्ट्रपति सी जिन पिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्तरुपमा उचाइ घोषणा गर्ने सहमति भएसँगै नेपाल र चीनले ऐतिहासिक साझेदारी सहित भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएका छन् ।

आज पत्रकार सम्मेलन गरेर नापी विभागले यससमन्धि जानकारी गराएको हो । नेपालका तर्फबाट पनि यसअघि सगरमाथाको उचाइ मापन गरिएको थियो । दुवै तर्फका अधिकारीहरुले भोलि संयुक्तरुपमा उचाइ सार्वजनिक गर्ने भएका हुन् ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले फिल्ड सर्वेबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालामा प्रशोधन गरेको तथ्यांक र चीनको समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेर संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गरिन लागेको जानकारी दिए ।  

 

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार १२:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।