आज नेप्से परिसूचक ७२ दशमलव २८ अंकले बढेर २००४ दशमलव ३९ को बिन्दूमा पुगेर रोकिएको छ । यो दिन २०६ कम्पनीको १ करोड १९ लाख २० हजार ८ सय १९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँ बराबरको काराबार भएको छ ।
आज नारायणी डेभलपमेन्ट बैंक र रसुवागढी हाईड्रोपावरको १० प्रतिशत, बिशाल बजार कम्पनी, ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, अपर तामाकोशी हाईड्रोपावर, सानजेन जलविद्युत कम्पनीमा सकारात्मक सर्किट लागेका छन् । त्यस्तै, युनाईटेड इन्स्योरेन्स कम्पनीको शेयर मूल्य पनि उच्च बिन्दुले बृद्धि भएको छ ।




















प्रतिक्रिया