महोत्तरीको पिपरा गाउँपालिका-१ एकरहियास्थित सडकमा ना.१ क ४८०५ नम्बरको स्कुल बसले ज.५ प २२२९ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक पिपरा गाउँपालिका-३ बस्ने १९ वर्षीय अमित यादवको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल जलेश्वरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय नविन यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




















प्रतिक्रिया