Logo

राजनीति

आज ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै, राजावादीहरुको प्रदर्शनबारे छलफल गरिने



प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि सर्वदलीय बैठक बोलाएका छन्। आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको हो ।

आज दिउँसो ११ बजे बालुवाटारमा बस्ने सर्वदलीय बैठकमा राजावादीहरुले पछिल्लो समय देशभर गरेका विभिन्न प्रदर्शनबारे चर्चा गरिने भएको छ ।

प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा पनि छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलहरु सहभागी हुनेछन् । बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठकमा उठाउने एजेण्डा तय गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठकका लागि कांग्रेसका तर्फबाट एजेन्डा तयार गर्न सोमबार शीर्ष नेताहरूको बैठक बोलाएका थिए ।

 

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार ०७:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।