Logo

तेस्रोपटक मतगणना गर्दा पनि बाइडेन नै विजयी



अमेरिकी राष्ट्रपति निर्वाचनअन्तर्गत जर्जियामा भएको चुनावमा जो बाइडेन विजयी भएको तेस्रो पटक घोषणा भएको छ । राज्य सचिव ब्राड राफेन्सपरगरले बाइडेन १२ हजार मत पाएर राष्ट्रपति चुनावमा विजयी भएका घोषणा गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले धाँधली भएको आरोप लगाएपछि ३ नोभेम्बरमा दोस्रोपटक मतगणना गरिएको थियो जसमा नतिजामा कुनै परिवर्तन आएको थिएन । ट्रम्पले हार स्वीकार नगरेपछि तेस्रोपटक मतगणना गर्दा पनि नतिजा हुबहु त्यही आएको हो ।

राष्ट्रपति ट्रम्पले आफ्नो हार अस्वीकार गर्दै जर्जियामा धाँधली भएको आरोप लगाउँदै आएका थिए । ​

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलवार ०९:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।