निर्मल लामीछाने।
अष्ट्रेलियामा जारी रहेको तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा अष्ट्रेलियाले भारतसामु १ सय ८६ रनको बिशाल लक्ष्य खडा गरेको छ । सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८६ रनको योगफल बनाएको छ ।
अस्ट्रेलियालाई बलियो योगफल खडा गर्नमा ओपनर म्याथ्यु वेड ८०, स्टिभ स्मिथ २४, ग्लेन म्याक्सवेल ५४,मोइजेस हेनरिक्स ५ र डेनी शर्ट ७ रनमा अविजित रहे । ओपनर तथा कप्तान आरोन फिन्च खाता नखोली शुन्य रनमा आउट भएका थिए ।
भारतका लागि वासिंटन सुन्दरले ४ ओभरमा ३४ रन दिदै २ विकेट तथा तीव्र गतिका बलर टि नटराजनले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए भने शार्दुल ठाकुरले पनि ४ ओभरमा ४३ रन खर्चेर १ विकेट लिए ।
दिपक चहर ४ ओभर ३४ रन तथा युजभेन्द्र चहल महङ्गो साबित हुँदै ४ ओभरमा ४१ रन खर्चिदा विकेट विहिन भए ।
अबको केहीबेरमा भारत जबाफी ब्याटिङमा उत्रदै छ ।
प्रतिक्रिया