Logo

अटो

जनकपुरमा टाटाको कार मेला शुरु



टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बितरक सिप्रदी टे«डिङ्ग कोे बर्षेनी देशका बिभिन्न स्थानमा गर्दै आएको कार मेला यस बर्ष यही माघ २ र ३ गते जनकपुरमा सिप्रदी टेडिङ्ग र सिप्रदी टे«डिङ्ग का बिक्रेता गिरिजा अटोमोबाइल्स्को सहकार्यमा आयोजना भएको छ ।

यस बर्षको कार मेला २०७६-१०-२ गते बिहान ११ बेज देखि साँझ ७ बजे सम्म होटल राजदरबार जनकपुरमा आयोजना भएको आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न टाटा का गाडी किन -बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी नयाँ गाडी सँग साट्न सक्नेछन् । यस मेलामा on the spot Financing का साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Bonus Upto 1 Lakhs जस्ता सेवा तथा सुविधाहरु ग्राहकहरुले पाउने आयोजकले जनाएको छ । जनकपुरमा आयोजना गरेको मेला २ दिन सम्म चल्नेछ ।

मेलाका प्रमुख आकर्षणहरु

१. निःशुल्क प्रबेश ।
२.अन दि स्पोर्ट फाइनान्सिङ्ग
३. पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र Exchange Bonus Upto 1 Lakhs.
४. प्रत्येक टेस्ट ड्राइभ मा उपहार र मुल्याकंन ।
५. फोटो सुट का साथै खानाका स्टल ।
६. संगीत, नृत्य, गेम, मेहेन्दी -नेलआर्ट का साथै जलपान ।

प्रकाशित मिति : १ माघ २०७६, बुधबार १८:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।