पाँचथरको हिलिहाङ गाउँपालिका-१ दुवीचौरस्थित सडकमा मे. ४ प ८९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय प्रबीण कालीकोटेको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका घाइते भएका मोटरसाइकलमा सवार सोही गाउँपालिका-२ बस्ने २० वर्षीया मुना पाख्रिनलाई सोही अस्पताल हुँदै थप उपचारका लागि बिर्तासिटी अस्पताल झापा पठाइएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





















प्रतिक्रिया