Logo

कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, ६ घाइते



कलंकीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ट्रकको ठक्करबाट ओखलढुङ्गाका ३० वर्षीय शंकर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रदेश २-०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक अनियन्त्रित भई सडकमा रहेका सवारी साधनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

दुर्घटनामा ट्रकका चालक लगायत ६ जना घाइते भएका छन्। घाइतेलाई बयोधा अस्पतालमा लगिएको महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी निरीक पुरुषोत्तम कार्कीले जानकारी दिए।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकको ब्रेक फेल हुँदा अन्य ८ वटा सवारी साधनलाई समेत ठक्कर दिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । उक्त ट्रक सडक नजिकैको घरमा ठोकिँदा उक्त घरमा समेत क्षति पुगेको जनाइएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार २३:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।