Logo

नाफिजको पाँचौं महासभा सम्पन्न, अध्यक्षमा मोदनाथ ढकाल निर्वाचित



काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को पाँचौं महासभा सम्पन्न भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेको महासभाले १३ सदस्यीय कार्यसमिति चयन गरेको छ जसको समापन सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भयो ।
महासभाले नाफिजको नयाँ अध्यक्षमा द राइजिङ नेपालका मोदनाथ ढकाललाई निर्वाचित गरेको छ । यस्तै रेडियो नेपालका भुवन आचार्य र आर्थिकन्युजकी मेनुका कार्कीलाई उपाध्यक्षमा चयन भएका छन् ।
महासचिवमा कर्पोरेट नेपालका नारायण पौडेल तथा सचिवमा अनलाइनखबरका रोयल आचार्य निर्वाचित भए । नाफिजका नयाँ सह–सचिव बिजपाटीका महमल अजमत अली र नोटबजारका परमेश्वर अधिकारी कोषाध्यक्ष बने ।
महासभाले नाफिजका नयाँ कार्यसमिति सदस्यमा ५ जनालाई निर्वाचित गरेको छ । जसमा आर्थिक अभियानकी प्रजिता बुढाथोकी, रोजगार मिडियाका फणिन्द्र दाहाल, बाह्रखरीका रोविन पौडेल, अनलाइनखबरका नवीन ढुंगाना र नेपालखबरका दीपक भट्ट छन् ।
यस्तै नयाँ कार्यसमितिको पहिलो बैठकले गोरखापत्र दैनिकका गोपालचन्द्र सुवेदी र क्लिकमान्डुकी दिलु कार्कीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संस्थाका निवर्तमान अध्यक्ष सिताराम भट्टराई स्वतः कार्यसमिति सदस्य बने ।

प्रकाशित मिति : २७ मंसिर २०७७, शनिबार १४:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।