Logo

प्रमुख समाचार

गच्छदारविरुद्ध मुद्दा दायरपछि कांग्रेस सिनियिर लिडर र कानुन व्यवसायीहरुसँग छलफल जारी



अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पछिल्लो कदमबाट सशंकित नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । अख्तियारले पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि असन्तुष्ट बनेको कांग्रेसले बिहीबार पदाधिकारीको आकस्मिक बैठक बोलाएको हो । बैठक अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ ।

उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नु पर्ने कदमका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट स्रोतले जनाएको छ ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले गच्छादरविरुद्ध दायर मुद्दाका विषयमा छलफल गर्न बैठक बोलाइएको पुष्टि गरे । उनका अनुसार सभापति देउवाले उक्त विषयमा छलफलका लागि पार्टीका शीर्ष नेतृत्व र कानुन व्यवसायीहरुलाई बोलाएका छन् ।

“उपसभापतिविरुद्ध दायर मुद्दाका विषयमा छलफल गर्न पार्टीका सिनियिर लिडर र कानुन व्यवसायीहरुसँग छलफल गर्न सभापतिले बैठक बोलाउनुभएको हो,” सभापति देउवाको स्वकीय सचिव देउवाले भने, “अहिले छलफल चलिरहेको छ ।” अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी ठहर गर्दै कांग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार १०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।