धनुषा, बझाङ, गोरखा,रौतहट, सिरहा र मोरङका छुट्टाछुट्टै स्थानमा शनिबार भएका सवारी दुर्घटनामा परी ७ जनाको मत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
धनुषा, गणेशमान चारनाथ नगरपालिका-८ कमलापुलस्थित सडकमा ना.५ ख ४७४९ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सिरहा कर्जन्हा नगरपालिका-३ बन्दीपुर बस्ने ५५ वर्षीय नथुनी विकको शनिबार दिँउसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जनामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बझाङ, तलकोट गाउँपालिका-३ चिरकिट्टे भन्ने स्थानमा बा.३ क ६०० नम्बरको टिपर सडकबाट करिब ५० मिटर तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार कञ्चनपुर भिमदत्त नगरपालिका-१९ बस्ने २१ वर्षीय मनोज भट्ट समेत गरी २ जनाको मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
गोरखा, सिरानचोक गाउँपालिका-२ थालाजुङस्थित नयाँ गाउँमा ना.३ ख ८१४३ नम्बरको बसको ढोकाबाट खसेर सोही गाउँपालिका सिरिचौर बस्ने ४८ वर्षीय बुद्दि बहादुर रम्तेलको शनिबार साँझ मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भच्चेकमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, वृन्दावान नगरपालिका-७ धमैरास्थित सडकमा बीआर ३० सी २९२८ नम्बरको मोटरसाइकल ना.४ ख २७२५ नम्बरको ट्रकमा शनिबार राति ठोकिएदा मोटरसाइकल चालक वृन्दावान नगरपालिका-७ बस्ने २७ वर्षीय बिशाल पालको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको चपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
सिरहा, मिर्चैया नगरपालिका-३ स्थित भित्री सडकमा स.५ प ८२२९ नम्बरको मोटरसाइकललाई को.२ त ३०९५ नम्बरको ट्याक्टरले शनिबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका-८ अरङ बस्ने ५५ वर्षीय देबेन्द्र ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फुलकुमारी महतो मेमोरियाल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, विराटनगर महानगरपालिका-१३ स्थित सडकमा प्र १-०२-०४२ प ९६४२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-१३ बस्ने सप्तरी राजबिराज घर भएकी ६१ वर्षीया शान्ती देवी देवको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनास्थलमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ ।





















प्रतिक्रिया