वर्तमान सरकारले चालु आर्थिक वर्षको छ महिनामा विशष्ट व्यक्तिको भ्रमण तथा अतिथि सत्कारका लागि भनी १२ करोड २५ लाख रुपैयाँ खर्च गरेको फेला परेको छ । आफूलाई मितव्ययी मुखले भन्न रुचाउने प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले गरेको व्यवहारलाई हेर्ने हो भने त्यसको ठीक विपरित अवस्था तथ्यांकले देखाएको छ ।
विगतका सरकारहरुले यो शीर्षकमा गरेको खर्चलाई आधार बनाउँदै त्यस्तो खर्चलाई क्रमशः न्यूनीरकण गर्ने योजना सरकारी तवरबाट बनाइए पनि त्यसले सार्थकता पाउन भने सकेको छैन । चालु आर्थिक वर्षमा चीन र बंगलादेशको राष्ट्रपतिको नेपाल भ्रमण हुनुका साथै नेपालको राष्ट्रपति तथा प्रधानमन्त्री विदेश भ्रमणमा यो रकम खर्च गरिएको अर्थमन्त्रालय स्रोतले ‘नयाँ विमर्श’ लाई जानकारी दियो । मन्त्रालयका अनुसार विविध शीर्षकमा राखेको खर्च रकमान्तर गरी उक्त खर्च गरेको हो ।
चिनियाँ राष्ट्रपति सि जिनपिङले असोज २५ र २६ गते नेपालको राजकीय भ्रमणमा आएका थिए । उनको भ्रमणमा काठमाडौंको सरसफाइदेखि सुरक्षा व्यवस्थासमेत कडा गरिएको थियो भने राजधानीको होटल सोल्टी पूर्णरूपमा बुकिङ गरिएको दाबी समाचार स्रोतले दिएको छ ।
यसैगरी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद कात्तिक २६ गतेदेखि पाँच दिनको लागि नेपाल भ्रमणमा आउँदा भएको खर्च पनि यो खर्चमा समावेश भएको जानकारी समाचार स्रोतले दिएको छ । उनले काठमाडौंका अतिरिक्त पोखरासमेत भ्रमण गरेका थिए , नयाँ विमर्शमा उल्लेख छ ।
विदेशी पाउना आउँदाको खर्चमात्र यसमा समावेश गर्नुपर्नेमा मन्त्रालयले ढंग नपु¥याई राष्ट्रपति विद्यादेवी भण्डारीको म्यानमार र जापाना भ्रमणमा लागेको खर्चलाई पनि यसै शीर्षकमा समावेश गरेको छ ।





















प्रतिक्रिया