Logo

अन्तर्राष्ट्रिय

कोरियामा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन नेपाली दूतावासको अपिल



चीनको हुवे प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस दक्षिण कोरियामा पनि देखापरेको छ ।

कोरियामा समेत कोरोनाको संक्रमण फैलन थालेपछि त्यहा रहेका नेपालीलाई विशेष सावधानी अपनाउन नेपाली दूतावासले अपिल गरेको छ ।
दक्षिण कोरियामास्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत सतर्क र सजग रहन नेपालीहरूलाई अपिल गरेको हो ।दक्षिण कोरियाको थुगु तथा आसपासका क्षेत्रका करिब चार सय बढी मानिस संक्रमित बनेका छन् ।

यसैबीच,अस्ट्रेलियाका वैज्ञानिकहरुले विकास गरेको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको यसै साताभित्रमा जनावरमा परीक्षण गरिने भएको छ । युनिभर्सिटी अफ क्विन्सल्यान्डका वैज्ञानिकको टोलीले ६ साता लगाएर भ्याक्सिन निर्माण गरेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार १३:१०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।