सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल दोहोर्याउने पर्ने बताएका छन् । निर्देशक घिसिङको पदावधी आज सकिदैछ ।
सोहि अवसरमा प्रवक्ता शर्माले ट्विट गर्दै भनेका छन्, विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ। उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन् । त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्।नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङ्को योगदान अझै आवश्यक भएकाले उनको पुनर्नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु ।
साँझ ५ बजे बस्ने मन्त्रीपरिषदको बैठकले विधुत प्राधिकरणको प्रमुखमा घिसिङलाई नै निरन्तरता दिने स्रोतले जनाएको छ ।




















प्रतिक्रिया