Logo

राजनीति

नेकपा सचिवालय बैठक बस्दै, होलान् त बामदेव राष्ट्रियसभा सदस्य ?



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बुधबार बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे बोलाईएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणपछि नेकपा सचिवालय बैठक पहिलो पटक बस्न लागेको हो । मंगलबार दिउँसो नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफलपछि बैठक बोलाइएको हो । बैठकमा पार्टीको संगठनात्मक एकिकरणको बाँकी काम र समसामयीक राजनीतिबारे छलफल हुनेछ ।

मंगलबारको बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेको भनिएको सो निर्णयको कार्यान्वयन के हुने भन्ने अन्योलकाबीच बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार ०९:४४   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।