रौतहटको चन्द्रपुरमा उप–मेयर कप महिला कराँते प्रतियोगिता रौतहटमा शुरु भएको छ । चन्द्रपुर नगरपालिका ४ चन्द्रनिगाहपुर स्थित तुलसीलाल अमात्य स्मृती खेल मैदानमा सुरु भएको सो प्रतियोगितामा देशका विभिन्न जिल्लाका १८ वटा नगरपालिकाहरुको महिला खेलाडीहरुको सहभागिता रहेको छ ।

चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा संचालित सो प्रतियोगिताको उद्घाटन चन्द्रपुर नगरपालिकाको नगर प्रमुख रामचन्द्र चौधरी, उपप्रमुख रामरत्ती चौधरी, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम साह, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सदस्य पुरेन्द्र बिक्रम लाखेले निर्णायक सृजना अधिकारी तथा खेलाडी विविका श्रेष्ठलाई खेल सामाग्री हस्तान्तरण गरेर गर्नुभएको थियो ।

कोरोना महामारीले गर्दा ठप्प रहेको खेलकुद गतिविधिलाई यस प्रतियोगिताले गति दिने विश्वास नेपाल सितोरियो कराँते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले व्यक्त गर्नुभयो । उहाँले खेलकुदले मानिसलाई स्वस्थ्य र अनुशासित राख्न मद्धत गर्नेभन्दै सो प्रतियोगिताले महिला खेलाडीको विकासमा पनि मद्धत पु¥याउने जिकिर गर्नुभयो ।

प्रतियोगितामा झापा, कन्चनपुर, रौतहट, बाके, बाग्लुङ, सिन्धुली, मकवानपुर, बारा, पर्सा ,लमजुङ्ग लगायतका जिल्लाहरुबाट २ सय ५० बढि खेलाडीहरु सहभागी छन् ।महिला कराँते खेलमा २५,३०,३५,४०,४५,५०,५५,६० र ६५ किलो तौल समुहमा प्रतिष्पर्दा हुने र टिम काता र एकल काताका खेल हुने आयोजकले जनाएको छ ।

प्रत्येक समुहका प्रथम, दोश्रो र तेश्रो हुने नगद पुरस्कार तथा प्रमाणपत्रको व्यवस्था रहेको छ । प्रतियोगिताको सुरुवातमा निर्णायको तर्फबाट कुन्ति गुरुङ्ग तथा खेलाडीको तर्फबाट विविका श्रेष्ठले सपथ लिनुभएको थियो ।





















प्रतिक्रिया