सूचना प्रविधिको क्षेत्रमा प्रतिष्ठित पुरस्कारका रूपमा परिचित हुवाइ आईसीटी अवार्ड २०२० को समापन डिसेम्बर २ मा सोल्टी क्राउन प्लाजामा हुने भएको छ । लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न सरकारी तथा निजी संस्थाको सहकार्यमा आयोजना हुने आईसीटी अवार्ड २०२० को अनलाइन आवेदन साउन १६ गतेसम्म खुला गरिएको थियो । सिमित संख्यामा भौतिक उपस्थिति जनाएर सबै प्रकारका स्वास्थ्य उपाय अपनाई कार्यक्रम सञ्चालन हुने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । साथै भौतीक उपस्थितिलाई कम गर्न विभिन्न विभिन्न टेलिभिजन, अनलाइन र सामाजिक प्लेटफर्महरूमा प्रत्यक्ष प्रसारण हुने उनले जनाएका छन् ।
कार्यक्रमबाट विभिन्न ११ विद्यामा सबै भन्दा राम्रोको घोषणा सहित पुरस्कार प्रदान गरिनेछ ।
अध्यक्ष लम्सालले कोभिडद्वारा सिर्जना गरिएको कठिन परिस्थितिमा पनि यस वर्ष धेरै उत्साहजनक सहभागिता रहेको बताए ।




















प्रतिक्रिया