Logo

राजनीति

न्यून आय भएकालाई राहत घोषणा गर्न सरकारलाई देउवाको माग



प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरूका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसंग माग गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् ।

‘कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्न नपरोस्’ देउवाले ट्विटरमा लेखेका छन्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्युन आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।’

विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुनका लागि सरकारले गरेको लकडाउन उत्तम विकल्प भएको देउवाको भनाइ छ ।

प्रकाशित मिति : १३ चैत्र २०७६, बिहीबार १४:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।