नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुंगानाले अब छिट्टै ब्रोकर कमिशन घट्ने बताएका छन् । अमेरिकाबाट मंगलबार फर्किएका अध्यक्ष ढ्ंगानाले एक हप्ताभित्रै ब्रोकर कमिसन घट्ने बताए ।उनले भने ‘हिजो मंगलबार आइपुगेँ, आजबाट कार्यालय आएको छु, एक हप्ताभित्रै ब्रोकर कमिसन घट्छ’।
अध्यक्ष ढुंगानाले यस अघि नै बोर्डका उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीको नेतृत्वमा ब्रोकर कमिसन पुनरावलोकनका लागि अध्ययन समिति बनाएर प्रतिवेदन तयारी पारिसकेका थिए । सोही प्रतिवेदनका आधारमा बोर्डले ब्रोकर कमिसन घटाउने तयारी गरेको छ ।
लगानीकर्ता सम्बद्ध पाँच वटै संगठनहरुले ब्रोकर कमिसन सून्य दशमलव २५ प्रतिशत बनाउनुपर्ने साझा धारणा तय गरेर दबाव मुलक कार्यक्रम स्वरुप धितोपत्र बोर्डको कार्यालय नै घेराउ गरेका थिए । हाल ५० हजार रुपैयाँसम्मको सेयर कारोबारमा सून्य दशमलव ५५ प्रतिशत, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा सून्य दशमलव ५५ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्मको कारोबारमा सून्य दशमलव ५० प्रतिशत, २० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबारमा सून्य दशमलव ४५ प्रतिशत र एक करोड भन्दा बढीको सेयर कारोबारमा सून्य दशमलव ४० प्रतिशत ब्रोकर कमिसन लाग्छ ।





















प्रतिक्रिया