Logo

गायन रियालिटी साे नेपाल स्टारका प्रतिस्पर्धिलाई अब स्प्याराे एसएमएसबाट भोटिङ गर्न सकिने 



लाेकप्रिय टेलिभिजन गायन रियालिटी साे नेपाल स्टारका आफूलाई मन परेका प्रतिस्पर्धिलाई अब स्प्याराे एसएमएसबाट भोटिङ गर्न सकिने भएकाे छ । स्प्याराे एसएमएसले कि एडभर्टाइजिंगसँगकाे सहकार्यमा एसएमएस भोटिङ सेवा उपलब्ध गराउने भएकाे हाे । 

नेपाल स्टार नेपालको गायक छनाैट प्रतियोगिता हो । यस प्रतियोगितामा नेपालभरबाट अडिसन लिएर छानिएका प्रतिस्पर्धीकाे प्रस्तुति गत फाल्गुन २४ गतेदेखि नेपाल टेलिभिजनवाट प्रशारण शुरु भएको हो । प्रतिस्पर्धामा भोटको आधारमा प्रत्येक हप्ता एकजना प्रतिस्पर्धी बाहिरिने गर्छन् । 

आफूलाई मन परेकाे प्रतिस्पर्धीलाई भाेट गर्न आफ्नो मोबाईलको म्यासेज बक्समा NS टाईप गरि 33001 मा पठाउनु पर्ने छ । स्प्याराे एसएमएसले  एक दशकदेखि नेपालभर एसएमएस पठाउने सेवा उपलब्ध गराउँदै आएकाे छ । 

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार ०९:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।