Logo

राजनीति

पूर्वप्रधानमन्त्री भट्टराईद्वारा प्रधानमन्त्रीले लोकतन्त्रको चीरहरण गरेको आरोप



नेपाल संघिय समाजबादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सामजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्रीले लोकतन्त्रको चीरहरण गरेको आरोप लगाएका छन् । 

बुधबार राती सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले लेखेका छन्,”जो रक्षक उही भक्षक बन्दै संविधानको संरक्षक हुनुपर्ने राष्ट्रपतिबाटै संविधानको हुर्मत, देशका कार्यकारी प्रमुख प्रमद्वारा पटकपटक अध्यादेश मार्फत लोकतन्त्रको चीरहरण, सत्ताधारी दल सत्तास्वार्थनिम्ति संसद नबोलाई राष्ट्रपति र प्रधानमन्त्रीको ढालबन्न उद्यतहुन्छ भने विपक्षी दलहरूले संसद बोलाउने आँट गरौं “!

पछिल्लो समय भट्टराईले सामाजिक सञ्जाल मार्फत आफ्ना कुरा हरु राख्दै आएका छन् । यसघि पनि उनले बिबेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्रलाई राप्रपा पार्टीको नयाँ अवतारको संज्ञा दिएका थिए । 

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।