Logo

बरुण हाइड्रोपावरले लगानीकर्तालाई ५ दशमलव २६ प्रतिशत लाभांश दिँदै 



बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २६ गते १७ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजेका लागि सभा गर्ने जनाएको छ । कम्पनीले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने बताएको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि पुस १६ गते (एक दिन) बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा पुस १५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

सभाले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव २६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने पनि रहेको छ ।

साथै, विशेष सभाबाट पारित भएको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार ११:१५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।