Logo

कर्णाली प्रदेश

आइसोलेशनमा मृत्यु भएका बेहनाको कोरोना रिपोर्ट सार्वजनीक



शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए ।

बेहनाको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो ।

क्वारेन्टाइनमा बसेकालाई वल्डभिजनले गर्यो सहयोग

कोरोना भाइरस महामारी नियन्त्रणका लागि त्रियुगा नगरपालिकाले तयारी गरेको क्वारेन्टाइनको आवस व्यवस्थापनमा वल्डभिजनले सहयोग गरेको छ ।

नगरपालिकाले आवासिय सामग्री सहयोगका लागि वल्डभिजनलाई पत्राचार गरेपछि सोमबार पार्टनर संस्था जाल्पा एकिकृत विकास, हुरेण्डेक र नेस्पेक संस्थामार्फत २ लाख ८ हजार ५ सय ६२ रुपैँयाको आवसिय सामग्री सहयोग गरिएको हो ।

वल्डभिजनले क्वारेन्टाइनमा रहेकाहरुलाई ओढ्ने कम्मल ७० थान, त्रिपाल ७० थान, झुल ३५, नाइलन रोप ७० वटा, पलाष्टिक गुन्द्रि २६, वकेट बीस लिटरको ३७ र जर्किन ७४ वटा उपलब्ध गराएको जाल्पा एकिकृत विकास संस्थाका सदस्य सुमन परियारले जानकारी दिए ।

संस्थाले नगरपालिकाका मेयर बलदेव चौधरीलाई सबै सामग्री हस्तान्तरण गरेको हो । वल्डभिजनले कारागारका कैदीबन्दीको अवश्थालाई ध्यान दिँदै कम्मल, झुल, त्रिपाल, नाइलन रोप, गुन्द्रि, वकेट र जर्किन २०/२० थानका दरले उपलब्ध गराएको हुरेण्डेकका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिए ।

जिल्लाको अवश्था भयाभह बन्दै गएपछि स्वास्थ्य कार्यालयलाईसमेत ५/५ थान झुल र कम्मल उपलब्ध गराइएको छ । एम्वुलेन्स २४ घण्टा तयारी अवश्थामा कार्यालयमै राख्नु पर्ने भएपछि कार्यालयले एम्वुलेन्स चालकले प्रयोग गर्नेगरी झुल र कम्मल संस्थासँग माग गरेको थियो ।

सामग्री बुझ्दै मेयर चौधरीले संकटको बेलामा सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिए । उनले भने, ‘यो बेलाको सहयोगलाई जतिसुकै व्याख्या गरेपनि साध्य छैन्, त्यसैले तपाईहरुको साथसहयोगले नगरका जनता सुरक्षित गर्न सहयोग पुग्नेछ ।’

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार १५:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।