Logo

अन्तर्राष्ट्रिय

ट्रम्पले गरे नयाँ ग्रीन कार्ड स्थगित निर्णयमा हस्ताक्षर



अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विदेशी नागरिकहरूलाई दिइने नयाँ ग्रीन कार्ड स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त कार्यकारी आदेशमा हस्ताक्षर गर्दे ट्वीट गर्दै, ग्रीन कार्ड दिने काम ६० दिनका लागि स्थगित गरिएको छ तर त्यसपछि पनि त्यो अवधि लम्बिन सक्छ । यसका साथै दक्षिण तिरको सिमाना पनि अझ कडाई गरिने उल्लेख गरेका छन् ।

कोरोनाभाइरसका कारण अर्थतन्त्र प्रभावित भएको बेला अमेरिकी नागरिकको रोजगारी संरक्षण गर्न उक्त कार्यकारी आदेशको उद्देश्य भएको ट्रम्पको दाबी गरेका छन्।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार १९:४५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।