विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस (COVID-19) को सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि पाल्पा सीमेन्टद्वारा बपश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ७ मा किटनासक औषधी छर्ने काम सम्पन्न भएको छ ।
सुनवल नगरपालिका ७ का वडा अध्यक्षको अगवाईमा र सिसाहानीमा अबस्थित पाल्पा तान्सेन सीमेन्टको सहयोगमा वडाका सम्पूर्ण ठाउँमा बिषाधि छरिएको छ । खानी स्थल प्रभावित क्षेत्रमा सहयोग गर्नका लागि भनेर पाल्पा सिमेन्ट ई. प्रा.लि ले रु, ४०१,००० – को चेक माथागढी गा.पा.का कार्याकारी प्रमुखलाई हस्तान्तरण गरिएको छ ।
साथै, सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरि श्री पाल्पा सिमेन्ट प्रा.लि.ले रु २११,१११ – सहयोग गरेको छ । उक्त सहयोग रकम सुनवल नगरपालिकाका प्रमुख भीम बहादुर थापा, वडा नम्बर ३ र ५ का अध्यक्षद्वय कर्ण बहादुर सेन र थमन सिंह नेपालीलाई उक्त समूहका पि आर मेनेजर जीवन प्रकाश निरौला लगायतका पदाधिकारीहरुले मिति २०७६/१२/२७ गते हस्तान्तरण गरे ।






















प्रतिक्रिया