Logo

राजनीति

श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् : सभापति देउवा



नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको निमन्त्रणा आफू वालुवाटार गएको स्पष्ट पारेका छन् ।

भेटका क्रममा सभापति देउवाले निम्न कुरा प्रधानमन्त्री समक्ष ५ बुंदे माग राखेको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रधानमन्त्री ओली र सभापति देउवाको भेट भईरहेका बेला नेकपाका अध्यक्ष पुष्पकमल दहाल पनि सहभागी भएका थिए ।

उनले गरेका मागहरुः

(१) दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ । तर एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ ।

(२) ब्यापक परिक्षण अहिलेको आवश्यकता हो । समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगरौं ।

(३) स्वास्थकर्मीहरुलाई पीपिइ लगायतका सामग्री अझै पर्याप्त पुगेको छैन । यथासिघ्र पुर्‍याउनु पर्‍यो । स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ ।

(४) श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् । राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन । (श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस् ।

(५) बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन् । त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस् ।

सभापति देउवाले कोरोनाको जोखिमसंग लडिरहंदा अब बिवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ, भनेर प्रधानमन्त्रीलाई थप सजग पनि गराउनु भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार १८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।