Logo

कर्णाली प्रदेश

दुई भारतीयसहित एक नेपालीमा कोरोना पोजेटिभ



राजापुर नगरपालिका वडा नं १० स्थित कोठियाघाटमा सञ्चालित क्रसरमा काम गर्ने दुई भारतीयमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । भारतको उत्तरप्रदेश राज्य बहराइच जिल्ला नानपारा निवासी दुई जना मजदुरमा कोरोना पोजेटिभ पाइएको हो ।

लकडाउनका अवस्थामा केही दिनअघि भारत स्थित आफ्नो घर पुगेका उनीहरुलाई भारतमै परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको भारतीय प्रहरी अधिकारीबाट प्राप्त पत्रमा उल्लेख गरिएको छ ।

पत्रमा उल्लेख गरिए अनुसार बैशाख ५ मा आफ्नो घर पुगेका उनीहरुको बैैशाख ८ मा कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ भेटिएपछि भारतीय अधिकारीहरुले नेपाली सुरक्षा अधिकारीहरुलाई सोही दिन पत्राचार गरी जानकारी गराएको बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

नेपाली उद्योगमा कार्यरत भारतीयमा कोरोना पोजिटिभ भेटिएपछि बर्दिया स्थित कोठियाघाट क्षेत्रलाई चारैतिरबाट लक गरिएको प्रजिअ लामिछानेले बताए । ‘क्रसर धेरै अघिदेखि नै बन्द अवस्थामा छ’ उनले भने, कामदारहरुलाई नेपालमै वा भारत जाने क्रममा संक्रमण भएको भन्नेबारे अनुसन्धान भइरहेको छ।’

संक्रमण देखिएका भारतीय कामदारसँगै काम गर्ने नेपाली मजदुरको पहिचान गरी स्वाब परीक्षणका लागि पठाइएको तर रिपोर्ट अझै आइनपुगेको लामिछानेले बताए । जिल्लामा भाइरस ट्रान्सफर मिडियम (भीटीएम) किट नहुँदा अन्य कामदारको स्वाब संकलनमा कठिनाई परेको छ ।

शंकास्पद सबै नेपाली कामदारको पीसीआर प्रविधि मार्फत परिक्षण गर्ने प्रशासनको तयारी छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आईतवार १२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।