विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फिफा ‘दी बेस्ट’को घोषणा आज (बिहीबार) राति सार्बजनिक गर्ने भएको छ । विजेता घोषणा नेपाली समयअनुसार राति ११:४५ मा हुनेछ । फिफाले वर्षको उत्कृष्ट खेलाडीको छिनोफानो आज गर्न लागेको हो ।
यो वर्ष फिफा वर्ष खेलाडीको शीर्ष तीनको मनोनयनमा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी र जर्मन क्लब वायर्न म्युनिखका स्टार खेलाडी रोवेर्टो लेवान्डोस्की र रहेका छन् ।
फिफाले यो वर्ष कोरोना भाइरसको महामारीका कारण बालोन डी’ओर अवार्ड नगर्ने घोषणा गरिसकेको छ । फिफाले वर्षको उत्कृष्ट खेलाडी घोषणा मात्र गर्ने भएको हो ।
विजेता घोषणा भने भर्चुअल माध्यमबाट हुनेछ । युभेन्ट्सलाई इटालियन सिरी ए फुटबलको उपाधि दिलाएका रोनाल्डो विजेताको मुख्य दाबेदार हुन् भने वायर्नलाई गएको सिजन च्याम्पियन्स लिगको उपाधि र जर्मन बुन्डेस लिगाको उपाधि दिलाएका लेवान्डोस्कीको पनि उत्तिकै दाबेदारी रहेको छ ।
यता लियोनल मेस्सी भने दाबेदारीमा कमजोर छन्, गत बर्ष बार्सिलोनालाई उनले गएको सिजन कुनै पनि उपाधि दिलाउन सकेका थिएनन् ।




















प्रतिक्रिया