मोरङको बेलबारी नगरपालिका-९ माझीगाँउ बस्ने नारायण आचार्यको कुखुरा फर्ममा बिहीबार दिउँसो बिजुलीको तार सर्ट भई आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीबाट फुसको छानो भएको कुखुराको फर्म, बोईलर कुखुराको चल्ला ८ सय वटा र लोकल कुखुराको चल्ला १ सय वटा जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको हो ।
स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।





















प्रतिक्रिया