Logo

आगलागीहुँदा लाखौको धनमाल नष्ट



मोरङको बेलबारी नगरपालिका-९ माझीगाँउ बस्ने नारायण आचार्यको कुखुरा फर्ममा बिहीबार दिउँसो बिजुलीको तार सर्ट भई आगलागी हुँदा करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीबाट फुसको छानो भएको कुखुराको फर्म, बोईलर कुखुराको चल्ला ८ सय वटा र लोकल कुखुराको चल्ला १  सय वटा जलेर उक्त रकम बराबरको धनमाल  नष्ट भएको हो ।

स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २ पुष २०७७, बिहीबार १७:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।