Logo

राजनीति

केपी ओलीलाई खुट्टा नकपाउन काँग्रेस नेता भण्डारीको आग्रह



नेपाली कांग्रेस नेता चन्द्र भण्डारीले भारतबाट अतिक्रमित लिम्पियाधुरासहितको भूमि समेटेर नेपालको नक्सा जारी गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति गर्व व्यक्त गरेका छन् ।

मन्त्रिपरिषदले नक्सा पारित गरेलगत्तै प्रतिक्रिया दिँदै काँग्रेस नेता भण्डारीले ओली सरकारले आम नेपालीलाई गर्वको अनुभुति दिलाएको बताएका हुन् ।

‘सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित समेटेर नेपालको नक्सा पारित गरेको छ भन्ने समाचारले हर्षित बनाएको छ । देशको हितमा बोल्दा बिपी कोइरालाको सरकार अपदस्त भयो । कृष्णप्रसाद भठ्टराई आश्रममा बस्न पर्यो । राष्ट्रवादी बन्न कति कठीन छ यो दैशमा । मैले पनि अनुभूति गरेको छु ।

पहिलो पटक मेरो उमेरमा गर्वको अनुभूति भएको छ । प्रधानमन्त्री केपी ओलीज्यू तपाई र मेरो सैद्धान्तिक धरातल फरक हो तर नेपाल आमा एउटै हुन । खुट्टा नकपाउनु होला, भष्ट्राचारीलाई पनि नछाड्नु होला’- भण्डारीले भनेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार १३:०७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।