Logo

बागमती प्रदेश

भरतपुर अस्पतालको आईसीयूमा एक जनाको मृत्यु



भरतपुर अस्पतालमाआईसीयूमा एक बिरामीको मृत्यु भएको छ । कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आइसीयूमा एक जनाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको हो ।

आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले बिरामीमा निमोनियाको समस्या देखिएको बताए ।

‘ल्याउँदा नै निकै सिरियस अबस्था थियो, अस्पतालमा ल्याएर सम्भव भएका सबै प्रयास गर्‍यौं तर बचाउन सकिएन’ डा. पौडेलले भने ।

बिरामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन । मृतकको स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०७७, सोमबार ०९:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।