नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको ब्यवस्थापकमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा यू१९ टोलीका प्रशिक्षक विनोद दासलाई नियुक्त गरेको छ । बिहिबार खुल्ला प्रतिस्पर्धाबाट क्यानले क्रिकेट ब्यवस्थापकमा विनोद दासलाई नियुक्त गरेको हो ।
यस्तै, क्रिकेट संघले जनरल म्यानेजरमा रौनक बहादुर मल्ललाई नियुक्त गरेको छ । मल्ल यसअघि क्यानको नेपाल प्रतिनिधिको रुपमा आईसीसीसंग काम गर्दै आएका थिए ।
यस्तै, चिफ फाईनान्स अफिसरको रुपमा क्यानले रमेश कुमार न्यौपानेलाई नियुक्त गरेको छ ।
क्यानले क्रिकेट टिमको मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका देव वाटमोरलाई गरेको छ । श्रीलंकालाई विश्वकप जिताएका वाटमोरलाई क्यानले राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा एक वर्षका लागि गरेको हो ।
विनोद दास नेपालका लागि सफल कप्तान मध्यमा हेरिन्छन् । सन् १९९७ देखि यू१९ टोलीबाट नेपाली क्रिकेट टोलीको यात्रा गरेका दासले सन् २००० मा राष्ट्रिय टोलीमा संयुक्त अरव इमिरेट्स (यूएई) विरुद्ध डेब्यू गरेका थिए । २००५ देखि २००८ सम्म राष्ट्रिय टोलीको कप्तानी गरेका थिए । सन् २०१२ सम्म राष्ट्रिय टोलीमा खेलेका थिए ।
पछिल्लो चार वर्षयता विनोद यू१९ को मुख्य प्रशिक्षकमा काम गर्दै आएका छन् । उनको प्रशिक्षकमा नेपालले सन् २०१७ मा यू१९ एसिया कपमा भारतलाई पहिलो पटक हराएको थियो । सन् २०१९ मा राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेका थिए । पछिल्लो समय राष्ट्रिय टोलीमा युवा खेलाडीको बाहुल्यता देखिनुमा पनि विनोद दासको प्रशिक्षणको प्रभाव मानिन्छ ।





















प्रतिक्रिया