Logo

फर्स्ट माइक्रोफाइनान्सका शेयरधनिको नगद लाभांश सिधै खातामा



फर्स्ट माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडले नगद लाभांश शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको छ ।

संस्थाको मंसिर १८ गते सम्पन्न भएको ११औं वार्षिक साधारण सभाले पारित गरेको ४ दशमलव १८४२ प्रतिशत नगद लाभांश बुकक्लोज हुँदासम्म अर्थात् मंसिर ५ गतेसम्म शेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको संस्थाले जनाएको छ ।

संस्थाले हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई आफ्नो निक्षेप सदस्यकहाँ सम्पर्क राखि हितग्राही खातामा बैंक खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।

first.jpg

प्रकाशित मिति : ३ पुष २०७७, शुक्रबार १०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।