अष्ट्रेलियाविरुद्धको पहिलो टेष्ट क्रिकेटको पहिलो ईनिङ्समा भारत २ सय ४४ रनमा अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले पहिलो दिन ६ विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो । २ सय ३३ मा ६ विकेट गुमाएर दोस्रो दिनको खेल थालेको भारतले ११ रन जोड्दा बाँकी ४ विकेट गुमाएको थियो ।
आज रिद्धिमान शाह ९, रविचन्द्रन आश्विन १५, उमेश यादव ६ र मोहमद सामी शुन्य रनमा आउट भए । जसप्रीत बुम्राहा ४ रनमा नटआउट रहे । भारतीय टिमका लागि कप्तान विराट कोहलीले ७४ र चेतेश्वर पुजाराले ४३ रन बनाए । अष्ट्रेलियाको तर्फबाट मिसेल स्टार्कले सबैभन्दा बढी ४ विकेट लिए ।
अबको केहीबेरमा अस्ट्रेलिया ब्याटिङमा उत्रदै छ ।




















प्रतिक्रिया