Logo

अर्थ

चालु आव बैशाखसम्मकाे विप्रेषणमा ६.१ प्रतिशत कमि



चालु आर्थिक वर्षको १० महिना (वैशाख) सम्ममा विप्रेषण प्रभाहमा कमि आएको नेपाल राष्ट्र बैंकले जानकारि दिएको छ । १० महिनासम्म विप्रेषण प्रभाहमा ६.१ प्रतिशतले कमि आएको हो । अघिल्लो वर्ष यसै अवधिमा विप्रेषण १९.६ प्रतिशतले बढेको थियो । गत वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह १९.६ प्रतिशत रहेको बिप्रेषण यो वर्ष घटेर रु.६८० अर्ब ८४ करोड कायम भएको हो ।

समिक्षा अवधिसम्ममा अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि ७.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.३ प्रतिशतले बढेको बैकले बतएको छ । यस अवधिसम्म्म नयाँ बैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिने मानिसको संख्यामा पनि २.७ प्रतिशतले कमि आएको छ । गत  वर्षकाे यसै अवधिमा ३८.८ प्रतिशतले घटि भएको थियो ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो । यस आवसम्म खुद ट्रान्सफर आयमा ६.५ प्रतिशतले कमी आई रु.७७२ अर्ब ५१ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १९.४ प्रतिशतले बढेको थियो

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार ११:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।