नेपाल स्टक एक्सचेन्जले शनिबार विज्ञप्ति जारी गर्दै धितोपत्र बोर्डबाट अर्को निर्देशन प्राप्त नहुँदासम्म शेयर बजार बन्द गरिने बताएको हो । यसअघि गत साता नेप्सेले बोर्डको निर्देशनमा बिहीबारसम्मका लागि कारोबार बन्द गरेको थियो । अब आइतबारबाट बजार खुला हुन सक्ने सम्भावना रहेको भन्दै नेप्सेले तयारीमा रहन सरोकारवाला सबैलाई सूचना जारी गरेको थियो । शनिबार फेरि नेप्से विज्ञप्तिमार्फत धितोपत्र बोर्डको अर्को निर्देशन प्राप्त नभएसम्म बजार बन्द रहने बताएको छ ।
यता, धितोपत्र बोर्डले भने बजार सुधारका लागि पहल भइरहेको बताएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत सुधारका कार्यक्रम ल्याउने बताइरहेको छ । यसर्थ, बजार खुला हुने मिति अझै अनिश्चित बनेको छ । यता, सेयर लगानीकर्ताहरुले पनि बजार सुधारका लागि विभिन्न माग अघि सारेका छन् । ती मागहरु पूरा नभएसम्म बजार खोल्न नहुने उनीहरुको भनाई छ ।






















प्रतिक्रिया