शेयर बजार कुनै पनि अवस्थामा बन्द नहुने गरि खोल्ने धितोपत्र वोर्डको निर्णयमा लगानी कर्ताहरुले सहमति जनाएका छन् । शुक्रबार नेपाल त्रितोपत्र वोर्डसंगको छलफलमा लगानीकर्ताका प्रतिनिधिहरुले शेयर बजार खुलाउन सहमति जनाएका हुन् ।
नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणाली (नट्स) मा केही सुधार भएको त्यस अवसरमा जानकारी दिइएको छ । जसका कारण लगानीकर्ताले घरमै बसेर शेयर कारोबार गर्न सक्नेछन् । शेयर खरिदबिक्रीको भुक्तानी गर्न सकिने निष्कर्ष पनि निकालिएको छ ।
अब क्रमशः सुधारका कार्यक्रम अघि बढाउँदै जाने भनिएको छ । गानीकर्तालाई प्रशिक्षित गर्ने र जतिसक्दो छिटो शेयर कारोबार खुला गर्न नियामक नेपाल धितोपत्र बोर्डलाई अनुरोध गर्ने निर्णय पनि लगानीकर्ताहरुले गरेका छन् ।
आगामी साताबाट शेयर बजार खुल्न सक्ने सम्भवाना रहेको लगानी कर्ताहरुले बताएका छन् । बजार खुला गर्ने औपचारिक निर्णय धितोपत्र बोर्डले गर्नेछ । बोर्डले नेप्सेलाई बजार खुला गर्न निर्देशन दिनेछ ।





















प्रतिक्रिया