एनआइसी एसिया बैंकले काठमाडौं महानगरपालिका वडा नंं. १६ मा रहेको आफ्नो शाखा बन्द गर्ने निर्णय गरेको भन्दै घरधनीलाई पठाएकोे छ । बैंकले यही असार १ गते शाखा रहेको घरको घरधनीलाई पत्राचार गर्दै आगामी मंसिर ३० गतेदेखि घर खाली गर्ने जानकारी गराएको हो ।
बैंकका सामान्य प्रशासन, परियोजना विकास तथा मानव संशाधन विभागका प्रमुख कैलाश गौतमले घरधनीलाई पत्र लेख्दै यस्तो जानकारी गराएका हुन् । बैंक र घरधनीबीच २०७५ जेठ २१ गते घरबहाल सम्झौता भएको थियो । सम्झौतापत्रको बुँदा नं. १२ को ब्यवस्था बमोजिम बैंकले ६ महिनाअघि घरधनीलाई घर खाली गरिदिने जानकारी गराएको हो ।
कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको असरलाई मध्यनजर गर्दै उक्त शाखा अन्यत्र स्थान्तरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।






















प्रतिक्रिया