Logo

अर्थ

शेयर बजार मंगलबारबाट खुला हुने



लामो समय देखि बन्ध रहेको शेयर बजार मंगलबारबाट खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबारदेखि नियमित रुपमा बजारको कारोबार सुरु गर्न निर्देशन दिने तयारी गरेको छ । शुक्रबार लगानीकर्ताहरुसँगको छलफलपछि नेपाल धितोपत्र बोर्ड बजारको कारोबारलाई खुला गर्ने निष्कर्षमा पुगेको थियो । बजारलाई कस्तो मोडालिटीबाट खुला गर्ने भन्ने बिषयमा आइतबार बैठक बस्ने नेपाल धितोपत्र वोर्डले जानकारि दिएको छ ।

आइतबार दुईवटा मोडेलमा छलफल हुने छ । अब बजार खोल्दा सामान्य अवस्थाझैं बजार खुल्ने कि लकडाउनको बीचमा खुलेको बजारजस्तै व्यवस्था गर्ने भन्नेमा अहिलेमा आइतबारको बैठकमा छलफल हुनेछ । सामान्य अवस्थाअनुसार बजार सञ्चालन भयो भने बजार ५ घण्टा खुल्नेछ । स्क्रिपको मूल्य १० प्रतिशतसम्म र इन्डेक्स ६ प्रतिशतसम्म घटबढ हुन सक्नेछ ।

तर विशेष परिस्थिति अन्तर्गत बजार खुला गर्ने हो भने दिनको २ घण्टामात्रै कारोबार हुनेछ । त्यस्तै, यसअघिजस्तै दिनको २ प्रतिशत भन्दा बजार घटबढ हुन सक्ने छैन । तर बोर्ड अब सामान्य अवस्था अनुसार दैनिक ५ घण्टाको दरले कारोबार गर्ने पक्षमा रहेको छ ।
सामान्य अवस्थाअनुसार बजार खुला हुने भयो भने मंगलबारदेखि कारोबार सुरु हुन्छ । विशेष अवस्थाअनुसार खुला गर्ने हो भने १÷२ दिन ढिला हुन सक्ने छ । शेयर बजार सञ्चालन गरेपछि कहिले बन्द नहुने गरि खोल्ने धितोपत्र वोर्डको तयारी रहेको छ । यो कुरामा लगानी कर्ताहरु पनि सहमत भएको छन् ।

अहिले नेपाल राष्ट्र बैंकले शेयर कारोबारमा हुने भुक्तानीको सीमा हटाएको छ । राष्ट्र बैंकले मोबाइल बैंकिङमार्फत् एक पटकमा १ लाख र इन्टरनेट बैंकिङमार्फत् एक पटकमा १० लाख रुपैंयासम्म भुक्तानी गर्नसक्ने व्यवस्था गरेको हो । यसो गर्दा पटकपटक गरेर जतिपनि रकम भुक्तानी गर्न सकिन्छ । यसअघि १ दिनमा १० लाख भन्दा बढीको कारोबार गर्न प्रतिबन्ध लगाइएको थियो ।

नेपाल धितोपत्र बोर्डले नेपाल राष्ट्र बैंकलाई धितोपत्र बजारका सम्बन्धमा ३ वटा निर्णय गर्न सिफारिस गरेको थियो । त्यसमध्ये कनेक्ट आईपीएसमार्फत् हुने भुक्तानीको सीमा हटाउने व्यवस्था कार्यान्वयनमा आएको छ । अर्को दुईवटा मागमध्ये शेयर कर्जाको मार्जिनलाई ६५ प्रतिशतबाट बढाएर ७५ प्रतिशत बनाउने र १० प्रतिशत गिरावटसम्मको अवस्थामा मार्जिन कलन नगर्ने तथा शेयर कर्जाको रिसेड्युलिङ गर्ने व्यवस्था गर्ने विषयहरु थिए । त्यो सम्बन्धमा मौद्रिक नीतिमार्फत् सम्बोधन हुने अपेक्षा रहेको गरिएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार १३:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।