राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोरोना महामारीको अवस्थामा सरकारले संचालन गरिरेहको विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ । कोरोना महामारीको अवस्थामा देश बाहिर रहेका नागारिकको उद्दार गर्ने क्रममा त्रभुवन अन्तराष्ट्रिय बिमानस्थलको विभिन्न होल्डिङ्ग सेन्टरहरु बैकले पानी वितरण गरेको हो ।
बैंकले रेडक्रसको अगुवाईमा बागमती प्रदेश कार्यलय मार्फत उक्त सेवा प्रदान गरको हो । बैंकले त्रभुवन अन्तराष्ट्रिय बिमानस्थलको तीन वटा होल्डिङ्ग सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ ।
यस्तै, बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले नेपाल रेडक्रस सोसाईटीका पदाधिकारीहरुको उपस्थितिमा काठमाडौं
उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका ३ वटा होल्डिङ्ग सेन्टरको नेपाली सेनाका अधिकृतहरुलाई खानेपानीको व्यवस्थापन गरेको जानकारी दिएकी छिन् । बैंकको हाल सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।





















प्रतिक्रिया