लामो समयपछि असार १५ गते खुलेको शेयर बजार यस दिन १.०७ प्रतिशत घटेर बन्द भएको छ । कारोबार शुरु भएको पहिलो घण्टामा नै नकारात्मक सर्किट लागेको नेप्से अन्तिम समयसम्ममा १२.८७ अंक घटेर १ हजार १८८.७० विन्दुमा पुगेर बन्द भएको हो ।
यस दिन बजार खुलेदेखि तीव्र गतिमा ओरालो लागेको नेप्से, कारोबारको ४० मिनेटमा ४ प्रतिशत घटेर नकारात्मक सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार स्थगित भएको थियो । त्यसपछि खुलेको बजारमा नेप्से १ हजार २०० विन्दुसम्म पुगेको थियो ।
त्रासमा रहेका लगानीकर्ताहरुले बजार खुल्ने बित्तीकै बिक्री गर्न थालेपछि कारोबारको शुरुवातमा बजार घटेको अनुमान गरिएको छ । सर्किट लागेपछि खुलेको बजारमा लगानीकर्ताहरु संयमित भई लगानी गर्दा पछिको समयमा सुधार भएको देखिएका देखिन्छ ।
यस दिन ७ कम्पनीहरुको शेयर सर्किट ब्रेक लागेको छ । नागरिक लगानी कोष, हिमालयन डिष्टिलरी र नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक तथा सर्वसाधारण शेयरको मूल्य यस दिन १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको हो । यस्तै, स्वाबलम्बन लघुवित्त, नेपाल पुनर्बीमा कम्पनी र आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशत घटेर नकरात्मक सर्किट लागेको हो ।





















प्रतिक्रिया