यस हप्ता बैंकहरुको कर्जा लगानी घटेको छ । सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि गरेको लगडाउनको मोडालिटी परिवर्तन गरेर बजार व्यवसाय खुला गरेको भए पनि बैंकहरुको कर्जा लगानी ७ अर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ । लगडाउनको मोडालिटी परिवर्तन हुनुभन्दा अगाडी ३० जेठसम्म बैंकहरुको कर्जा लगानी २६ खर्ब १६ अर्ब रुपैयाँ थियो ।
असार १ गतेबाट सरकारले निजी सवारी साधनहरु जोर बिजोर प्रणालीमा चल्न दिएको छ । सबै व्यापार व्यवसाय तथा बैंक वित्तिय संस्थाहरु खुला भएका छन् । यस समयमा पनि बैंकहरुको कर्जा लगानी बढ्न सकेको छैन् । एक हप्तामा कर्जा ५ अर्ब रुपैयाँले घटेर ५ असारमा २८ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको वाणिज्य बैंकहरुका सीईओहरुको संगठन नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।
संघका अनुसार कर्जा लगानी घट्ने क्रम अझै जारी छ । ३० जेठमा २८ खर्ब १६ अर्ब रुपैयाँ रहेको कर्जा ५ असारमा ५ खर्बले घटेर २८ खर्ब ११ अर्बमा झ¥यो । त्यसको एक हप्तामा थप २ अर्बले घटेर २८ खर्ब ९ अर्ब रुपैयाँ कायम भएको संघले जनाएको छ ।
सोही अवधिमा निक्षेप रकम भने २६ अर्ब रुपैयाँले बढेको संघले जनाएको छ । संघका अनुसार ३० जेठसम्म ३२ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रकम १२ जेठसम्म आइपुग्दा २६ अर्बले बढेर ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।





















प्रतिक्रिया