शेयर बजारमा नकारात्मक सर्किट लागेर बिहीबारका लागि बन्द भएको छ । नेप्से ६५ ले घटेपछि बिहीबार दिनभरका लागि कारोबार रोकिएको हो । अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । मंगलबार र बुधबार सकारात्मक सर्किट लागेर बन्द भएको बजार बिहीबार त्यसको ठीक विपरीत ६५ ले नकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको हो । यसअघि बजार खुलेको २३ मिनेटमा पहिलो नकारात्मक सर्किट ब्रेकर लागेर नेप्से २० मिनेटका लागि स्थगित भएको थियो ।
त्यसपछि खुलेको बजार पुनः ४ मिनेटमै ५५ ले घटेपछि पुनः दोस्रो नकारात्मक सर्किट लाग्दा ४० मिनेटका लागि बजार स्थगित भएको थियो । त्यसपछि फेरि १२ बजेर २७ मिनेटमा खुलेको बजार १२ बजेर ४० मिनेट जाँदा फेरि ६५ ले घटेको हो । ६५ ले नेप्से घटबढ भएमा त्यस दिनका लागि कारोबार रोक्ने चलन छ ।
राजनीतिक अस्थिरता बढ्ने संकेत देखिएपछि लगानीकर्ताको मनोबल गिरेको हो । सत्तारुढ दल नेकपाभित्र किचलो बढेको छ । सरकार र पार्टीबीच किचलो बढेपछि सत्ताको नेतृत्व कसले सम्हाल्ने भन्ने दुविधा देखिएको छ । यसले सेयर बजार पनि प्रभावित भएको विश्लेषण भइरहेको छ ।
बजार खुलेको ४ दिनको प्रवृत्ति अध्ययन गर्दा निकै नेप्से अस्थिर रहेको देखिन्छ । पहिलो दिन सोमबार बजार खुलेको पहिलो प्रहरमा बेस्सरी घटेको नेप्से अन्तिम बेलामा सम्हालिएको थियो । त्यस दिन नेप्से सूचक घटेरै बन्द भएको थियो । तर दोस्रो र तेस्रो दिन फेरि बजार अस्वभाविक हिसाबले वृद्धि भयो ।
फलस्वरुपः नेप्सेमा सकारात्मक सर्किट ब्रेकर लागेर बन्द भएको थियो । फेरि बिहीबार बजारमा नकारात्मक सर्किट लागेर कारोबार रोकिएको छ । यसले बजारले निश्चित गति समाउन नसकेको प्रष्ट छ । अब राजनीतिक अवस्था अनुुसार शेयर बजारको गति तय हुने देखिएको छ । प्रधानमन्त्रि विघठन हुने भन्ने डरको कारण पनि शेयर बजार अस्थिर बनेको हो ।





















प्रतिक्रिया