Logo

अर्थ

स्वास्थ्य सतर्कता सहित सञ्चालनको तयारीमा चन्द्रागिरी केवलकार



कोरोना संक्रमण सतर्कता स्वरुप लागु लकडाउन अवधिमा बन्द भएको व्यवसायहरु र सेवा क्षेत्र मापदण्ड खुकुलो बनाएसँगै पुनः सञ्चालनको तयारीमा छन् । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवसाय सञ्चालनको तयारी व्यवसायीले गरेका हुन् ।

काठमाडौं उपत्यका नजीकको पर्यटकीय गन्तव्य चन्द्रागिरीको केवलकार स्वास्थ्य सतर्कता सहित सञ्चालनको तयारीमा लागेको व्यवस्थापन पक्षले जानकारी गराएको छ । सयौंको रोजगारी सुरक्षित गर्नुका साथै बैंक व्याज भुक्तानी र व्यवसाय बचाउन पनि आवश्यक सतर्कता सहित यस्ता व्यावसायिक क्षेत्र सञ्चालन गर्न पाउनुपर्ने आइएमइ ग्रुपले माग गरेको छ ।

सरकारबाट सञ्चालनको स्वीकृति नपाएपछि क्रयशक्ति कमजोर बनेका उपभोक्ताको अवस्थालाई दृष्टिगत गरी विभिन्न छुटका प्याकेज ल्याइने आइएमइ ग्रुपका अध्यक्ष चन्द्र ढकालले बताए । विश्वस्वस्थ्य संगठनको मापदण्ड अनुसार भौतिक दुरी कायम गर्नुका साथै स्वास्थ्य सामग्री प्रयोग अनिवार्य गराइने जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७७, आईतवार १७:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।