Logo

अर्थ

बिओकेको निक्षेप ग्राहकलाई बीमा दाबी रकम भुक्तानी



बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

बीमा सुबिधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तता लागि पाँच लाख रुपैयाँ, १८ घातक रोगहरुको लागि पाँच लाख रुपैयाँ तथा औषधी उपचारको लागि एक लाख रुपैयाँको बीमा सुबिधा रहेको छ ।

यस खातामा रहेका सुबिधाहरुको लाभ लिन शुभद्रा श्रेष्ठले बैंक अफ काठमाण्डू लिमिटेडको साँखु शाखामा बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आइरहेकि छिन् । उनले आफ्नो उपचारको लागि अस्पतालबाट बहिरंग सेवा लिएकी थिइन् ।

बैंकको उक्त मुद्दती खाता खोली बैकिङ्ग कारोबार गर्दै आएकी उनले औषधी उपचारको लागत खर्च बापत नियम बमोजिम भुक्तानी पाएकी छिन् । बैंकले सफलता मुद्दती खातामा रहेको बीमा सुबिधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराउँदै आईरहको छ ।

बैंकको सहायक महाप्रबन्धक मनिष कुमार सिंहले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक शुभद्रा श्रेष्ठलाई हस्तान्तरण गरे । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको जोरपाटी शाखाका प्रबन्धक उत्तम राज जोशीको उपस्थीती रहेको थियो।

सो बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छन्।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार १२:३३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।