Logo

अर्थ

धितोपत्र वोर्ड र नेप्सेका कर्मचारिले आइपीओ भर्न नपाउने



नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज-नेप्सेका कर्मचारीलाई आइपीओ तथा एफपीओ समेत भर्न नपाउने व्यवस्था मिलाउन अर्थ समितिलाई सुझाव दिइएको छ । अर्थ समितिले गठन गरेको पुँजी बजार र मुद्रा बजार अध्ययन उपसमितिले मंगलबार समितिलाई बुझाएको प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो । उपसमितिले बोर्ड र नेप्सेका कर्मचारीले अहिलेसम्म भएका सेयर विवरण सार्वजनिक गर्नुपर्ने राय समेत दिएको छ ।

नेप्से तथा बोर्डका कर्मचारी र उनीहरुका परिवारले आफ्ना नाममा अहिले पनि दोस्रो बजारबाट भने सेयर कारोबार गर्न पाउँदैनन् । तर आइपीओमा भने आवेदन दिन अहिलेसम्म रोक लगाइएको छैन । यसैगरी, उपसमितिले पुँजी बजारका सबै काम अझै पूर्ण अटोमेसन हुन नसकेको पनि ठहर गरेको छ । नेप्सेको विद्युतीय कारोबार प्रणालीलाई ग्राहकको बैंक खाता तथा डिम्याटसँग आवद्ध गराई कारोबार पूर्ण गराउन भनिएको छ ।

स्वचालित रुपमा बैंक खातामा रकम तथा डिम्याट खातामा सेयर जम्मा हुने व्यवस्था अनिवार्य गर्नुपर्ने भनिएको छ । यसबाट ग्राहकले भौतिक रुपमा उपस्थित नै नभई कारोबारको भुक्तानी लिने दिने कार्य गर्न सक्ने हुनुपर्छ । यसपछि मात्र विद्युतीय कारोबार प्रणालीलाई पूर्णरुपमा स्वचालित भएको मान्न सकिनेछ, उपसमितिले भनेको छ । यद्दपि, नेप्सेले लक डाउनपछि खुला गरेकै अवस्थामा पूर्ण स्वचालित बजार विकास भइसकेको बताएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १५:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।