Logo

अर्थ

शेयर बजारमा चमक, कस्तो रह्यो आजको कारोबार ?



मंगलबार शेयर बजारमा चमक आएको छ । आजको सूचकमा राम्रै बढोत्तरी भइरहेको छ । कारोबार रकम पनि राम्रो छ । सेयर बजार लक डाउनअघि नै निकै न्यून विन्दुमा झरिसकेको थियो । १६६८ अंक आसपासम्म उक्लिएको नेप्से घटेर १२५१ विन्दुमा आइसकेको थियो । फेरि लक डाउनको बीचमा थप घट्यो । अहिले नियमित खुलेको बजार पनि पहिलो दिन घटेकै थियो । यस आधारमा सूचक र भाउ निकै तल आएको हो । यसले पनि लगानीकर्ता आकर्षित भएका हुन् ।

नेप्से सूचक मंगलबार ३७.९३ अंकले बढेर १३३६.६६ विन्दुमा अडिएको छ । १७८ कम्पनीको १ अर्ब २१ करोड २४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २८ लाख ८३ हजार ९४८ कित्ता सेयर खरिदबिक्री भएका छन् । कारोबार भएका सबै समूहका सूचक बढेका छन् ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ३६५.४६ अंकले बढेको छ । वाणिज्य बैंक समूहको सूचक पनि २५.८३ अंकले बढेको छ । करिब १ दर्जन कम्पनीको सेयर भाउ १०५ हाराहारीमा बढेको छ । सबैभन्दा धेरै नेपाल पुनर्बिमा कम्पनीको ९ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।